ad ad

समाज


ब्यारेकबाट एक्लै निस्किएर बेपत्ता मेजर गाडी रिजर्भ गरेर त्रिपुरा पुगेका थिए

मोबाइलको अन्तिम लोकेशन पनि त्रिपुरा नै थियो
ब्यारेकबाट एक्लै निस्किएर बेपत्ता मेजर गाडी रिजर्भ गरेर त्रिपुरा पुगेका थिए

बेपत्ता भएका मेजर पण्डित


नेपालखबर
भदौ ११, २०८० सोमबार १६:११, काठमाडौँ

डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित सदरमुकामबाट गाडी रिजर्भ गरेर त्रिपुरा पुगेको खुलेको छ।

आइतबार अपरान्ह ४ बजे सुरक्षागार्डलाई समेत ब्यारेकमै छाडेर निस्कएका पण्डितले करिब एक घण्टाको दूरीमा रहेको त्रिपुरासम्म गाडी रिजर्भ गरेर पुगेको खुलेको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।

‘उहाँ दुनैबाट त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। त्यहाँ जानका लागि गाडी नै रिजर्भ गर्नु भएको खुलेको छ’, पोखरेलले नेपालखबरलाई भने, ‘उहाँको मोबाइल फोनको अन्तिम लोकेशन पनि त्रिपुरा आसपास नै देखाएको छ। पीएसओसमेत ब्यारेकमा छाडेकाले अनेक आशंका गर्ने अवस्था आएको छ।’

मेजर पण्डित हराएपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली नै त्रिपुरा पुगेर फर्किएको छ। पण्डितले प्रयोग गर्दै आएको मोबाइल फोनको अन्तिम लोकेशन त्रिपुरा देखाएपछि स्विच अफ छ।

‘उहाँको खोजीका लागि डीएसपीको नेतृत्वको टोली पुगेर फर्किएको छ। अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली जुटैको छ’, उनले नेपालखबरलाई भने, ‘उहाँको खोजीका लागि जुम्लाबाट पनि प्रहरी टोली डोल्पातर्फ अघि बढेको छ। भेरी करिडोरको सबै क्षेत्रमा ब्यापक खोजी भइरहेको छ। तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन।’

मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। प्रजिअ पोखरेलले दुर्गम क्षेत्रमा टेलिफोन नेट्वर्कको समस्या हुँदा पनि खोजीमा समस्या भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .