ad ad

समाज


बालुवाटार जग्गा प्रकरणका प्रतिवादीको बयान न्यायाधीश ढकालको इजलासमा

बालुवाटार जग्गा प्रकरणका प्रतिवादीको बयान न्यायाधीश ढकालको इजलासमा

नेपालखबर
भदौ ११, २०८० सोमबार २१:४६, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान अदालतमा सुरु भएको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबारबाट प्रतिवादीको बयान सुरु भएको हो। बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। थुनछेक बहस पनि न्यायाधीश ढकालकै इजलासमा हुने छ र प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश हुने छ। 

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार २१ मृतकसहित ३१० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

सीआईबीले यसअघि पक्राउ गरेका र अदालतको आदेशले रिहा भएकाहरुको पनि अदालतमा बयान हुने छ। उनीहरुलाई रिहा गर्ने आदेश गर्दै अदालतले मिसिल साथ उपस्थित गराउन भनेको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटार जग्गा प्रकरणमा संगठीत अपराध र सरकारी कीर्तेमा थुनामा राख्न म्याद थप गर्दै अनुसन्धान गरेको भएपनि सरकारी वकिल कार्यालयले भने उनीहरुविरुद्ध संगठित अपराधमा मुद्दा चलाउन नमिल्ने निर्णय गरेको छ। 

सबै प्रतिवादीविरुद्ध सरकारी कीर्तेमा मात्रै मुद्दा चलाइएको छ। यो कसुरमा दोषि ठहरिए एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। यस्तै सबै प्रतिवादीविरुद्ध करिब १८ अर्ब बिगो भराउन माग गरिएको छ।

यस्तै केही प्रतिवादीसँग भने जग्गा सरकारलाई नै फिर्ता गराउने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ। 

यसअघि यही जग्गा प्रकरणमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पनि मुद्दा चलाएको थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाको फैसला हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .