ad ad

समाज


सीआईबीले पक्राउ गरेपछि राहुल महरा : हिलो छ्याप्ने कोसिस गरे, अनुसन्धानमा सघाउँछु

सीआईबीले पक्राउ गरेपछि राहुल महरा : हिलो छ्याप्ने कोसिस गरे, अनुसन्धानमा सघाउँछु

नेपालखबर
भदौ १३, २०८० बुधबार १६:२२, काठमाडौँ

गत पुसमा भेपभित्र लुकाएर भएको नौ किलो सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो।

राहुलले पक्राउ परेपछि आफ्नाविरुद्ध गोयबल्स शैलीमा ठूला भनिएका मिडियाले प्रचार गरेपछि सीआईबीलाई सघाउन हाजिर भएको जिकिर गरेका छन्। 

‘कथित ठूलो भनिएको मिडियाले गोयबल्स शैलीमा मिडिया ट्राएल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भइ अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु’, उनले सामाजिक सञ्जालमा भनेका छन्। 

यस प्रकरणमा पूर्वसभामुखसमेत रहेका उनका बाबु कृष्णबहादुर पनि मुछिएका छन्। उनी र राहुल सुन तस्करीमा संलग्न चिनियाँसँग २५० भन्दा धेरै पटक टेलिफोन सम्पर्क गरेको खुलेको छ।

त्यस्तै बाबुछोरा दुवैजनाले त्रिभुवन विमानस्थल भन्सारमा अड्किएको उक्त सुनसहितको सामान छुटाउन पटक पटक  दबाब दिएको बयान कर्मचारीले नै दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .