काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलि शुक्रबार पनि सार्वजनिक हुने भएको छ।
काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सापारु र रोपाइँ जात्रालाई लक्षित गरी शुक्रबार (१५ भदौ) पनि बिदा दिने निर्णय गरिएको जनाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जारी गरेको सूचनामा भोलि शुक्रबार सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परंपरालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न भदौ १५ गते महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।
रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
123
Shares
प्रतिक्रिया