सर्लाहीको बरहथवामा इनारमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
बरहथवा नगरपालिका १ खर्सालकी ६५ वर्षीया लक्षियादेवी सहनीको शव घर नजिकैको इनारमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बुधबार राति घरमै सुतेकी सहनी बिहान ओछयनमा नदेखिएपछि बुहारीले हल्लाखल्ला गरेकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा घर नजिकै खेतमा रहेको सार्वजनिक इनार नजिकै उनले लगाउने चप्पल र लौरो भेटिएको थियो।
त्यसपछि दमकलको सहायतामा इनारको पानी निकाल्दा सहनीको शव फेला परेको प्रहरीले जनाएको छ।
परिवारका सदस्यले सहनीले आत्महत्या गरेको जनाएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।
12
Shares
प्रतिक्रिया