स्वास्थ्य सेवा विभागले १० जना सुरक्षागार्ड करारमा भर्नाका लागि प्रस्ताव आह्वान गरेको छ।
विभागले शुक्रबार सूचना जारी गरी टेकुस्थित कार्यालयका लागि ७ र केन्द्रीय स्टोर, पथलैयाका लागि ३ गरी १० जना सुरक्षागार्ड मागेको हो।
यसका लागि विभागले इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ।
सूचनाअनुसार त्यसरी नियुक्त सुरक्षागार्डको सेवाअवधि एक वर्ष हुनेछ। सेवा सन्तोषजनक देखिए अरू एक वर्ष म्याद थप गर्न सकिने छ।
इच्छुक व्यक्ति तथा संस्थालाई सार्वजनिक खरिद अनुगमन कार्यालयको वेब साइटबाट डाउनलोड गरी दस्तुरबापत ३ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको विभागको खातामा जम्मा गरिएको भौचर पेस गर्न विभागले भनेको छ। आवेदन असोज १५ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ।
42
Shares
प्रतिक्रिया