पर्यटन विभागले अटम सिजन (शरद ऋतु) का लागि हिमाल आरोहरण अनुमति दिन सुरु गरेको छ।
शुक्रबारसम्म विभागले २ वटा हिमाल आरोहणका लागि अनुमति दिइसकेको छ।
८००० हजार मिटरमाथिको मनास्लु आरोहणका लागि ६ टिमका ६१ जनाले अनुमति पाइसकेका छन्। ६ हजार ५९३ मिटरको रक्क्षा उराई आरोहणका लागि ४ जनाले अनुमति पाएका छन्।
विभागले २० देशका ६५ जनालाई आरोहण अनुमति दिएको छ।
आरोहण अनुमति पाउनेमा रसियाका सबैभन्दा धेरै १२ जना छन्।
क्यानाडा र चीनका ६–६ जना, स्विजरल्यान्डका ५ जना छन्। अन्य देशका ५ भन्दा कम नागरिक रहेका छन्।
12
Shares
प्रतिक्रिया