बर्दिया प्रहरीले भारतबाट भन्सार छली ल्याएको ७१ लाख ४५० रुपैयाँको सामान बरामद गरेको छ।
शुक्रबार विहान अन्दाजी २ः १५ बजे जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका–८ मा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा राखिएको सो सामान बरामद गरेको हो।
सो सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरीले जनाएको छ।
42
Shares
प्रतिक्रिया