ad ad

समाज


काभ्रेका चार पालिका कार्यसम्पादनमा पहिलो

काभ्रेका चार पालिका कार्यसम्पादनमा पहिलो

नेपालखबर
भदौ १६, २०८० शनिबार ९:१६, काभ्रे

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेका चार स्थानीय तह पहिलो भएका छन्। 

कार्यसम्पदान मूल्यांकनमा पहिलो हुने चार पालिकालाई जिल्ला समन्वय समिति काभ्रेले सम्मान गरेको छ। 

समन्वय समितिको सातौँ जिल्ला सभाको अवसरमा गाउँपालिकातर्फ महाभारत र खानीखोला गाउँपालिका तथा नगरपालिकातर्फ धुलिखेल र बनेपा नगरपालिकालाई सम्मान गरिएको हो।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा आर्थिक वर्ष २०७८र७९ को  नतिजामा जिल्लाका गाउँपालिकामध्य डाँडापारिस्थित महाभारत गाउँपालिका प्रथम र नगरपालिकामध्येमा धुलिखेल नगरपालिका प्रथम भएका थिए। 

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा आव २०७८र७९ मा गाउँपालिकामा डाँडापारिस्थित खानीखोला गाउँपालिका र नगरपालिकामा बनेपा नगरपालिका प्रथम भएका थिए। 

सम्मानप्राप्त गर्ने पालिकाका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीलाई  अर्थमन्त्री डा.प्रकाशशरण महतले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरे। काभ्रे जिल्लामा छ वटा नगरपालिका र सात वटा गाउँपालिका छन्।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जिल्ला समन्वय समितिले सम्मान गरेपछि जनसेवाको काममा थप ऊर्जा मिलेको बताए। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले सातौँ जिल्लासभामा आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

जसमा जिल्ला समन्वय समितिबाट आव २०७९/८० मा सम्पादित १८ बुँदे महत्वपूर्ण कार्य, आव २०८०/८१ को लागि ५५ वटा प्रस्ताविक नीति कार्यक्रमका साथै २०७८/७९ को वित्तीय प्रगतिलगायतका प्रतिवेदन समेटिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .