गोरखाको गोरखा नगरपालिका ८ कट्टेल चोकमा शनिबार बिहान फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।
गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने कट्टेलचोकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।
सडकमा टेप बाँधेर राखेको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। त्यसभित्र बारुद, सिसाका टुक्रा, र लाइटर भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी सुरु गरेको छ।
सडकमा बम जस्तो शंकास्पद बस्तु भेटिएपछि गोरखा(आँबुखैरेनी सडकखण्डमा बिहानभर यातायात अवरुद्ध भएको थियो।
शंकास्पद वस्तु निष्क्रिय पारेसँगै अहिले सडकमा गाडि चल्न थालेका एसपी श्रेष्ठले बताए।
24
Shares
प्रतिक्रिया