ad ad

समाज


गएराति सिन्धुपाल्चोकमा स्कारपियो दुर्घटना हुँदा २ जनाको मृत्यु, चार घाइते

गएराति सिन्धुपाल्चोकमा स्कारपियो दुर्घटना हुँदा २ जनाको मृत्यु, चार घाइते

नेपालखबर
भदौ १७, २०८० आइतबार ८:४०, काठमाडौँ

सिन्धुपाल्चोकमा गएराति स्कारपियो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चारजना घाइते भएका प्रहरीले जनाएको छ।

दोलखाबाट काठमाडौं आउँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपियो गएराति करिब ३ बजे लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको पाँचकिलो नजिकै दुर्घटनामा परको हो। 

दुर्घटनामा स्कारपियोका चालक सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका- ७ घुम्थाङका ३६ वर्षीय उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी संजिव यादवले जानकारी दिए। दुर्घटनास्थल जंगल क्षेत्रमा पर्छ। 
 

‘स्कारपियो सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटनामा परेको छ,’ यादवले नेपालखबरसँग भने, ‘दुर्घटनामा परेको स्कारपियोका मृतक र घाइतेको सुरुमा स्थानीयले उद्धार गरेर प्रहरीलाई खबर गरेका हुन्।’

दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ। 

दुर्घटनामा रामेछापको उमाकुण्ड- २ की ३७ वर्षीया संगिता बराइली, सउनकी छोरी ८ वर्षीया युशा बराइली, रामेछापकै गोकुलगंगा- १ की ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका- ७ का १४ वर्षीय प्रमोद महर्जन घाइते भएका छन्। 

केही घाइतेलाई निकै चोट लागेपनि सबै खतरामुक्त रहेका इन्सपेक्टर यादवले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .