ad ad

समाज


बुवाले जनावरलाई थापेको विद्युतीय पासोमा परेर छोराको मृत्यु

बुवाले जनावरलाई थापेको विद्युतीय पासोमा परेर छोराको मृत्यु

नेपालखबर
भदौ १७, २०८० आइतबार ११:४२, काठमाडौँ

जंगली जनावरले दु:ख दिइरहने चितवनको माडी नगरपालिका-३ धोबहामा विद्युतीय पासोमा परेर एकजनाले ज्यान गुमाएका छन्। 

स्थानीय कृषक शिवनारायण महतोले जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा उनकै छोरा २६ वर्षीय धिरन महतो परेका हुन्। 

बुवाले थापेको विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएपछि उनलाई शनिबार बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो। 

त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको थियो। 

उनलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि त्यहाँका चिकित्सकहरुले शनिबार मृत घोषणा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .