ad ad

समाज


इटहरीमा ‘विराट सत्संग समारोह’ आयोजना हुँदै

इटहरीमा ‘विराट सत्संग समारोह’ आयोजना हुँदै

नेपालखबर
भदौ १७, २०८० आइतबार १४:५९, काठमाडौँ

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा असोज तेस्रो साता विराट सत्संग समारोह २०८० को आयोजना हुँदैछ। 

समितीले आइतबार एक विज्ञप्ती जारी गर्दै विराट सत्संग समारोह आगामी असोज १९ र २० गते सुनसरीको इटहरीमा हुने जानकारी दिएको हो। 

मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको उपस्थितीमा हुने दुई दिवसीय समारोहका लागि तयारी सुरु भैसकेको समितिले बताएको छ। मानव–मानव बिचको प्रेम, सद्भाव, सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” को प्रेरणा जागृत गराउने उद्देश्यले समारोह आयोजना गरिएको समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताईन्। 

विज्ञान र प्रविधिको उपलब्धि र उपयोगबाट संसारका मानिसले भौतिक सुखलाई प्राप्त गरे पनि अनन्त शान्ति र आनन्द प्रदान गर्न नसकेको समयमा आध्यात्मिक कार्यक्रमले त्यसमा टेवा पुग्न समितिले विश्वास लिएको छ। 

पछिल्लो समय युवावर्गमा भैरहेको मानसिक तनाव र अशान्त मनलाई सत्संगको माध्यमबाट शान्ती दिनका लागि कार्यक्रम सहयोगी हुने विश्वास समितिको छ। 

कार्यक्रममा नेपालसहित भारत, भुटान लगातयतका देशबाट हजारौँ भक्तजनको उपस्थिती समितिले जनाएको छ। 

समारोहमा आत्मानुभवी विद्धान सन्त महात्माद्वारा सत्संग प्रवचन एवं ख्याति प्राप्त कलाकारहरूबाट भक्ति सङ्गीत एवं सांस्कृतिक कार्यक्रमको प्रस्तुति समेत रहने छ। 

कार्यक्रम इटहरीको डि.भि.एम स्कूल प्राङ्गणमा अपरान्ह ४ बजेदेखि ८ बजे सम्म हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .