ad ad

समाज


कोशी सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

नेपालखबर
भदौ १८, २०८० सोमबार ८:४८, काठमाडौँ

कोशी प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतको पूर्ण इजलासमा हुँदैछ। 

कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा कोशी सरकारविरुद्धको रिटमाथि सुनुवाइ हुने लागेको हो। पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यो मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णयको थियो। जसको पेशी आजको लागि तोकिएको छ। 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले ४ भदौमा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौ सर्वोच्चमा रिट दायर गरेका थिए।

आइतबार न्यायाधीशद्वय मल्ल र माथेमाले यो रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गर्दै निवेदनको विषय वस्तु गम्भीर भएको ठहर पनि गरेका छन्। 

‘यसमा प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा, यिनै निवेदक पक्ष र यिनै विपक्षी विपक्षीसमेत भएको ०७२-डब्लुओ-१४९४ को उत्प्रेषण मुद्दामा प्रस्तुत मुद्दासँग समान प्रकृतिको भई पूर्ण इजलासबाट निराकरण भइसकेको देखिएकोले प्रस्तुत मुद्दामा पनि जटिल कानूनी प्रश्न समावेश भएको देखियो’, सर्वोच्चले भनेको छ, ‘ त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ ९२० ९ग० बमोजिम आगामी १८ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमानुसार पेस गर्नू।’

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए।

यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .