गुल्मीको रेसुंगा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।
कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट रेसुंगा क्षेत्रमा रोपाइँ जात्रा मनाउने परम्परा छ।
नगरपालिकाको भदौ १० गते बसेको नगर कार्यपालिकाको बैठकले आज नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
‘जात्रामा आम नगरवासीको सहभागितालाई सहज बनाउन र कार्यक्रमलाई भव्य रुपमा सफल पार्न नगरपालिका कार्यलय, मातहतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण निकायमा बिदा दिइएको छ,’ रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
9
Shares
प्रतिक्रिया