कक्षा १२ मा अध्ययनरत एकजना १९ वर्षीया किशोरी बुधबारदेखि बेपत्ता भएकी छन्।
धादिङको गल्छी गाउँपालिका-२ भुत्याह निवासी माधव खतिवडाकी १९ वर्षीया छोरी ऋतु बुधबार राति घरबाट निस्किएर बेपत्ता भएकी हुन्।
घरबाट हिँडेपछि फर्किएर नआएकाले आमाबाबु, छरछिमेकीले गाँउघरमा खोजतलास गर्दा त्रिशूली नदी माथिको झलुङ्गे पुलको बीच भागमा उनले लगाएका चप्पल फेला परेका थिए।
मध्यराति खबर आएपछि शुक्रबार बिहान ८ बजे प्रहरी चौकी बैरेनीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ५
जना र सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली खटेर खोजी गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालयले हेटौंडाले जनाएको छ।
138
Shares
प्रतिक्रिया