ad ad

समाज


बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २५ जना घाइते

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २५ जना घाइते

नेपालखबर
भदौ २३, २०८० शनिबार ६:१३, काठमाडौँ

बाँकेमा गएराति बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना भन्दा धेरै  घाइते भएका प्रहरीले जनाएको छ। 

बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थित जंगलमा गएराति करिब साढे ९ बजे रोकिराखेको ना.८ ख ६४०५ ट्रकसँग तीव्र गतिमा रहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 


ठाकुरद्वारा बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता सवार बस दुर्घटनामा परेको हो। 

वन उपभोक्ता समूहका पदाधिकारी बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरेर फर्किने क्रममा दुर्घटना भएको हो। 

दुर्घटनामा ज्यान गुमाउने सबै एकै गाउँका भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइते सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। 

दुर्घटनामा ज्यान गुमाउने काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको मात्रै सनाखत भएको छ। बाँकी मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .