ad ad

समाज


अपडेट : बाँकेमा भ्रमणको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३४ जना घाइते

अपडेट : बाँकेमा भ्रमणको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३४ जना घाइते

नेपालखबर
भदौ २३, २०८० शनिबार ६:५६, काठमाडौँ

बाँकेमा गएराति सामुदायिक वनका उपभोक्ता सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। 

बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थित जंगलमा गएराति करिब साढे ९ बजे रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग तीव्र गतिमा रहेको ना ७ ख २३२१ नम्बरको भ्रमणको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बसमा ४१ जना सबार थिए। 

बर्दियाको ठाकुरबाबा नगरपालिका ९ को बेतनी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।

‘वन उपभोक्ता समूहका पदाधिकारी र उपभोक्ताले भ्रमणको लागि रिसर्ज गरेको बस दुर्घटनामा परेको हो,’ डीएसपी डाँगीले शनिबार बिहान नेपालखबरसँग भने, ‘दाङको थारु संग्रहालय भ्रमण गरेर फर्किने क्रममा राति करिब साढे ९ बजे बिग्रिएर सडक किनारमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा दुर्घटना भएको हो।’

दुर्घटनामा ठाकुरबाबा नगरपालि ८ घर भएका बस चालक ४५ वर्षीय जोग बहादुर चन्द, बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु र ७० वर्षीय चानुराम थारुको मृत्यु भएको छ। 

डीएसपी डाँगीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि दुर्घटनामा मृत्यु भएको छ। 

घाइते चारजनाको नर्सिहोम नेपालगञ्ज र बाँकी सबै घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .