ad ad

समाज


काठमाडौं उपत्यकामा एक घण्टादेखि निरन्तर वर्षा, रातभरि पानी पर्छ?

काठमाडौं उपत्यकामा एक घण्टादेखि निरन्तर वर्षा, रातभरि पानी पर्छ?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
भदौ २३, २०८० शनिबार १९:१, काठमाडौँ

यतिबेला (शनिबार साँझ करिब ७ बजे) काठमाडौं उपत्यकामा पानी परिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार उपत्यकामा एक घण्टादेखि निरन्तर वर्षा भइरहेको छ। 

‘तर यो झरी होइन’, नेपालखबरको जिज्ञासामा मौसमविद् कँडेलले भनिन्, ‘लामो समय निरन्तर पानी परिरहनु झरी हो, यो त भर्खर करिब एक घण्टा भयो।’

उनका अनुसार जारी वर्षा अरू एक घण्टा रहने सम्भावना छ। ‘यो वर्षा राति ८ बजेसम्म जारी रहने देखिन्छ’, मौसमविद् कँडेलले भनिन्, ‘त्यसपछि बिस्तारै कम हुने र रोकिने सम्भावना देखिएको छ।’

उनले थपिन्, ‘बरु भोलि (आइतबार) १०/११ बजेचाहिँ पुनः वर्षा हुने सम्भावना छ।’  

मौसमविद् कँडेलका अनुसार अहिले काठमाडौं उपत्यकामा परिरहेको पानी हल्का खालको वर्षा हो। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .