ad ad

राजनीति


गोरखामा प्रचण्डले भने– हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारीमा छु

गोरखामा प्रचण्डले भने– हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारीमा छु

नेपालखबर
भदौ २३, २०८० शनिबार १९:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेश वाग्ले ‘वासु’ लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन्।

शनिबार गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद सुरेश वाग्लेले अध्यापन गराएको जनाता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बबताएका हुन्। 

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको पनि बताए। 

त्यसको सुरुवात  जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरिरे गरिएको उनको भनाइ थियो। 

अहिले सत्य निरूपण तथा बेपत्ता सम्बन्धी विधेयक प्रक्रियामा रहेको बताउँदै पारित भएपछि देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने प्रचण्डले बताए। 

आज महान् सहिद क.सुरेश वाग्ले (वासु) र क. भिमसेन पोख्रेल (बैरागी)को २४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री गोरखा आएको उनले बताए।

सहिद वासु २०१० सालमा गोरखा जिल्लाको आँपपिपल गाविस ५ रातडाँडामा एक किसान परिवारमा जन्मिएका हुन्। 

उनी तात्कालिन माओवादीको नेतृत्वमा २०५२ फागुन १ गतेबाट जनयुद्धमा सहभागी भएका थिए।

जनयुद्धकै क्रममा २०५६ भाद्र २३ गते गोरखाको गाँखुमा अभियानको आत्मसर्मपण नगरेको र पार्टीको आन्तरिक कुरा नखोलेको भन्दै तत्कालिन राज्यपक्षले हत्या गरेको माओवादीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .