ad ad

समाज


मीनबहादुर गुरुङसँग जिल्ला अदालतले माग्यो २ करोड ४६ लाख धरौटी

मीनबहादुर गुरुङसँग जिल्ला अदालतले माग्यो २ करोड ४६ लाख धरौटी

नेपालखबर
भदौ २४, २०८० आइतबार १६:३४, काठमाडौँ

बालुवाटार जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले सबैभन्दा बढी धरौटी भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग माग गरेको छ। 

न्यायाधीश भोलानाथ ढकालको इजलासले अभियोगपत्रमा मुख्य योजनाकार देखाइएका गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको हो। 

उनीसँगै पक्राउ गरेका अन्यलाई भने बढीमा १५ लाख धरौटी माग गरिएको छ। 

कलाधर देउजा र विनोद पौडेलसँग अदालतले १५/१५ लाख धरौटी माग गरिएको हो। 

लोकहरी घिमिरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, गोपाल कार्की, घमनकुमार कार्की, बालकृष्ण श्रेष्ठ र रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ। 

यस्तै, शिवजी भट्ट, ध्रुबप्रसाद अर्यालसँग ३ लाख ५० हजार र सञ्जयकुमार महर्जन, सकलानन्द महर्जन, देवनारायण महर्जन, बाबुराजा महर्जनसँग १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गर्ने आदेश भएको छ। 

यो मुद्दामा मृतक २१ सहित ३ सय १० जनालाई प्रतिवादी बनाइएको भएपनि अन्य फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .