ad ad

समाज


फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ

फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ

नेपालखबर
भदौ २५, २०८० सोमबार ७:०, काठमाडौँ

फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१२ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ छन्। 

गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनले फ्रान्समा होटलमा काम लगाइदिने र महिनाको एक लाख रुपैयाँभन्दा धेरै तलब हुने भन्दै रानाभाटलाई प्रलोभनमा पारेर १४ लाख रुपैयाँ असुलेका अनुसन्धानबाट खुलेको छ।

उनले फ्रान्स जान १७ लाख रुपैयाँ लाग्ने भन्दै रानाभाटसँग पटक पटक गरेर १४ लाख रुपैयाँ असुलेका थिए। पैसा असुलिसकेपछि उनी सम्पर्कबिहीन भएका थिए। 
लुक्दै भाग्दै आएका गुरुङलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

थप अनुसन्धानका तथा कारबाहीका लागि प्रहरीले गुरुङलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .