ad ad

समाज


कल्भर्ट बनाउन खनेको खाडलमा मोटरसाइकल खस्दा चालकको मृत्यु

कल्भर्ट बनाउन खनेको खाडलमा मोटरसाइकल खस्दा चालकको मृत्यु

नेपालखबर
भदौ २६, २०८० मंगलबार ८:५, कञ्चनपुर

डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार अमरगढी नगरपालिका–१ स्याउलेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मोटरसाइकल चालक बैतडीको पाटन नगरपालिका–१ का ५८ वर्षीय खगेन्द्र पन्तको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। 

पन्त सवार से.५ प. २८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर  मंगलबार बिहान दुर्घटनामा परेको हो।

स्याउलेबाट बागबजारतर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भएर सडक छेउ नजिकै रहेको कल्भर्ड बनाउनको लागि खनेको खाल्डोमा परेको हो। 

दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .