ad ad

समाज


पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकमा गाडी चल्न थाले

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकमा गाडी चल्न थाले

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८० मंगलबार १०:०, काठमाडौँ

सडकमा खसेको पहिरो पन्छाएछि मुग्लिन–नारायणगढ सडकमा गाडी चल्न थालेका छन्।

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। 

पहिरो हटाएपछि सडकमा दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए।

‘लोडर’ र ‘एक्साभेटर’ को सहायतमा तुरुन्तै पहिरो पन्छाएपछि सडकमा गाडी गुड्न थालेका हुन्। 

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .