ad ad

समाज


पत्रकार राजेन्द्र पराजुलीको निधनप्रति महासंघ स्तब्ध

पत्रकार राजेन्द्र पराजुलीको निधनप्रति महासंघ स्तब्ध

नेपालखबर
भदौ २६, २०८० मंगलबार १४:४१, काठमाडौँ

नेपाल पत्रकार महासंघले महासंघका कामना प्रतिष्ठान शाखाका सदस्य पत्रकार राजेन्द्र पराजुलीको निधनप्रति दुःख व्यक्त गरेको छ।

अग्रज पत्रकार राजेन्द्र पराजुलीको उपचारको क्रममा ५९ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जनमएको छ।

ज्वरो र निमोनियाबाट थलिएका पत्रकार पराजुलीलाई उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएकोमा उपचारत अवस्थामै आज बिहान निधन भएको हो ।
 

तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका पराजुलीले कान्तिपुर दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्र, अभियान दैनिक, आर्थिक दैनिक, नागरिक दैनिकलगायतमा काम गरेका थिए। उनले बाहृखरी, देखापढी, फरकधार अनलाइनसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा जिम्मेवार तहमा रहेरसमेत काम गरेका थिए।

पत्रकारितासँगै साहित्य क्षेत्रमा समेत सक्रिय रहेका पत्रकार पराजुलीको ‘कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अघोरी, अनायिका, जाडोको भोक, सपनामा मार्क्स, विकल्प यात्रा’ लगायतका साहित्यिक कृति प्रकाशित भएका छन्। उनको पछिल्लो समय ‘जन्तरमन्तर’ कथासंग्रह प्रकाशनमा आएको थियो।

‘उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ भने साहित्य क्षेत्रले एक कुशल साहित्यकार गुमाएको छ’ महासंघले भनेको छ।

पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन्।

महासंघ स्वर्गीय पत्रकार पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .