ad ad

समाज


बैतडीमा अज्ञात समूहले विद्यालयमा गर्‍यो आगजनी

बैतडीमा अज्ञात समूहले विद्यालयमा गर्‍यो आगजनी

नेपालखबर
भदौ २८, २०८० बिहिबार १३:५४, काठमाडौँ

अज्ञात समूहले बैतडीको एक विद्यालयमा आगजनी गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी भएको हो। 

कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए।

रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ। 

'बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए', उनले भने, 'आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन।' 

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ।

यस्तै विद्यालयनजिकको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ। पसलबाट नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .