ad ad

समाज


सुन तस्कारीबारे सरकारको जवाफ : सीआईबीले प्रतिवेदन बुझायो, उच्चस्तरीय आयोग बन्दैछ

सुन तस्कारीबारे सरकारको जवाफ : सीआईबीले प्रतिवेदन बुझायो, उच्चस्तरीय आयोग बन्दैछ

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १४:१७, काठमाडौँ

हवाइ मार्ग हुँदै नेपालमा भइरहेको सुन तस्करी प्रकरणबारे सरकारले अनुसन्धान नरोकिएको जवाफ दिएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ३ गते बरामद ६१ केजी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन सरकारी वकिलकहाँ बुझाइसकेको जानकारी दिए। 

उनले सम्बोधनका क्रममा यसअघि दलहरुबीच भएको सहमति अनुसार उच्चस्तरी आयोग गठन प्रक्रिया पनि सुरू भइसकेको उल्लेख गरे।

‘अवैध सुन तस्करीबारे सीआईबीले अनुसन्धान गरी प्रतिवेदन बुझाइसकेको छ’, उनले भने, ‘उच्चस्तरीय छानबिन आयोग गठनको काम पनि अघि बढेको छ।’

सीआईबीले बुधबार मात्रै सुन तस्करी प्रकरणमा २६ जनालाई मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाएको छ। यो प्रकरणमा राजस्व अनुसन्धान विभाग र सीआईबीले ३२ जनालाई पक्राउ गरेका थिए। त्यस्तै १८ जना फरार छन्।

जसमध्ये २६ जनालाई मात्रै मुद्दा चलाउने रायसहित सीआईबीले अनुसन्धान प्रतिवेदन घटनाको ५७ औँ दिनमा सरकारी वकिलकहाँ बुझाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .