ad ad

समाज


पशुपति मन्दिर आसपास रक्सी, मासु बेच्न प्रतिबन्ध (सूचनासहित)

पशुपति मन्दिर आसपास रक्सी, मासु बेच्न प्रतिबन्ध (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार ८:५४, काठमाडौँ

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ मन्दिर क्षेत्र वरपर मासु, मदिरा र नशालु पर्दाथ बिक्री गर्न रोक लगाएको छ। 

हिन्दु नारीको महान् चाड हरितालिका (तीज) का लागि आजै (भदौ ३१ गते) देखि लागू हुनेगरी असोज १ गतेसम्मलाई चार किल्ला तोकेर प्रशासनले मासु, मदिरा र कुनै पनि नशालु पदार्थ बेच्न प्रतिबन्ध लगाएको हो। 

आइतबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले पाशुपत क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरिएको जानकारी दिएको हो। 

सूचनामा भनिएको छ- ‘हिन्दु नारीहरूको महान् चाड हरितालिका (तीज) पर्व आगामी २०८० असोज १ गते सोमबार पर्ने भएकोले सो पर्वलाई ध्यानमा राखी भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कसैले पनि मास। मंदिरा तथा नशालु पदार्थहरू उत्पादन बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आगामी भदौ ३१ गतेदेखि नै लागू हुने गरी पूर्ण रूपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ।’

पाशुपत क्षेत्रको चार किल्लाअन्तर्गत गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिमसम्म, गौशाला तीलगंगा चक्रपथदेखि उत्तरसम्म र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म मासु, मदिरा र नशालु पदार्थ निषेध गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .