सिन्धुपाल्चोकमा शनिबार भएको सवारी दुर्घटनामा नेकपा एमालेनिकट अनेरास्ववियुका दुईजना स्थानीय नेताले ज्यान गुमाएका छन्।
चौतारा-साँगाचोक गढी नगरपालिका-९ घुमाउनेस्थित डाँडासडकमा भएको दुर्घटनामा घाइते अनेरासववियुका नेताद्वय नविन पाण्डे र समीर दोङको धुलिखेल अस्पतालमा निधन भएको हो।
अनेरास्ववियु सिन्धुपाल्चोक सह-संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङको बलेफीमा भएको दुर्घटनामा ज्यान गएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरु सवार बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई खाडीचौरबाट बन्देउ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको ट्याङकरले ठक्कर दिएको थियो।
विपरीत दिशाबाट आइरहेको उक्त मोटरसाइकललाई ठक्कर दिएपछि दुवैजना गम्भीर घाइते भएका थिए।
उक्त मोटरसाइकल सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क घर भएका २७ वर्षीय समिर दोङले चलाइरहेका थिए।
उनको पछाडि मेलम्ची नगरपालिका-११ जरायोटार पाण्डेगाँउ बस्ने २७ वर्षीय नविन पाण्डे सवार थिए।
Shares
प्रतिक्रिया