ad ad

समाज


अनलाइन गेममार्फत ११ लाख बढी ठगी गरेको आरोपमा महिला पक्राउ

अनलाइन गेममार्फत ११ लाख बढी ठगी गरेको आरोपमा महिला पक्राउ

नेपालखबर
असोज ४, २०८० बिहिबार १८:२, काठमाडौँ

सामाजिक सञ्जालमा अनलाइन गेम खेल्न लगाइ विभिन्न व्यक्तिहरुको बैंक खातामा पहुँच पुर्याएर लाखौं ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ बस्ने वर्ष २८ की दादिकि शेर्पा (राई) रहेकी छन्।

राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार ती महिलाले विभिन्न व्यक्तिहरुलाई फेसबुक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाई निजहरुको जिमेल आईडीमा ‘फिफिया एप’ को यूआरएल लिंक पठाई फिफिया एप इन्टलेसन गर्न लगाई बैंक खाता लगायतको बायोडाटा विवरण अपडेट गर्न लगाउने गरेकी थिइन्।

उनले पीडिहरुलाई सोहि एप्स बाट हुने आर्थिक कारोबार नेपालमा कानुन बमोजिम छ भनी विश्वास दिलाई इल्लिगल ग्याम्बलिङ अप्लिकेसन ‘फिफिया एप’ भित्र विभिन्न देशबीच हुने फुटबल लगायत अनलाइन गेमको एडभर्टाजमेन्ट राखी पीडितहरुलाई अनलाइन बिटिङ गेम खेल्नको लागी रकम डिपोजिट गर्न लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुन्छ भन्ने जस्ता झुट्ठा आश्वासन दिई प्रलोभन देखाई ११ लाख २७ हजार रुपैयाँ बराबरको रकम ठगी गरेको प्रहरीले जनाएको छ।

उनलाई प्रचलित कानुन बमोजिम ठगी तथा सट्टाबाजी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .