ad ad

समाज


सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

नेपालखबर
असोज ५, २०८० शुक्रबार २१:४३, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा भोलि (शनिबार) हुने ‘ध्यानद्वारा ऊर्जा जागरण’ एक दिवसीय कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ। 

गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा भोलि बिहान ७ः३० मा राष्ट्रपति पौडेलबाट उक्त कार्यशालाको समुद्घाटन हुने मन्त्रालयले जानकारी दिएको छ। 

कार्यशालामा अपरान्ह ४ः३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यानलगायत कार्यक्रम जारी रहने जनाइएको छ। उद्घाटन समारोहमा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य राख्ने कार्यक्रम रहेको छ। 

कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुख र प्रधानसेनापति प्रभुराम शर्मासमेतलाई आमन्त्रण गरिएको छ।

गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृत, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिनेछन्।

गृह मन्त्रालयले ध्यानद्वारा ऊर्जा जागरण कार्यशालालाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पुर्‍याउने चरणबद्ध अभियान तय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .