ad ad

समाज


दाइको हत्या गरेर जंगलतिर भागेका भाइ ३ दिनपछि पक्राउ

दाइको हत्या गरेर जंगलतिर भागेका भाइ ३ दिनपछि पक्राउ

जंगलमा पक्राउ परेका बिजुली मण्डललाई चौकीति लैजाँदै प्रहरी


नेपालखबर
असोज ८, २०८० सोमबार १२:१७, कञ्चनपुर

बझाङमा धारिलो हतियार प्रयोग गरी दाइको हत्या गरेर फरार भएका बिजुली मण्डेल पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार हत्या घटनापछि फरार रहेका मण्डेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

गाउँ नजिकै लुकेको अवस्थामा सोमबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। 

घरायसी विवादमा भएको झगडामा उनले छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका जैलु मण्डेलको चक्कु हानेर असोज ५ गते हत्या गरेका थिए।

मृतक जैलु र पक्राउ पर्ने बिजुली दाइ–भाइ नाता पर्छन्। घटनापछि बिजुली घर भन्दा करिब २ घण्टा पैदल दूरीमा पर्ने जंगलतिर भागेका थिए।

सोमबार बिहान जंगल नजिकै गाउँको एक घरमा लुकेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो। 

हत्या आरोपित बिजुलीले सुरुमा मृतक जैलुकी श्रीमती मथुराको टाउकोमा समेत प्रहार गरेका थिए।

त्यसपछि प्रहरीलाई खबर गर्न खोज्दा एक्कासी बिजुलीले घरमै आएर जैलुमाथि चक्कु प्रहार गरेको पीडित परिवारको भनाइ छ।

चक्कुको प्रहारबाट घाइते भएका जैलुको घटनास्थलमै मृत्यु भएको थियो। 

पक्राउ परेका बिजुलीलाई प्रहरीले डोरीले हात बाँधेर अहिले जिल्ला प्रहरी कार्यालय ल्याइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .