ad ad

समाज


बलात्कार आरोपमा जेल सजाय तोकिएका व्यक्ति १६ वर्षपछि पक्राउ

बलात्कार आरोपमा जेल सजाय तोकिएका व्यक्ति १६ वर्षपछि पक्राउ

नेपालखबर
असोज ८, २०८० सोमबार १६:३१, काठमाडौँ

प्रहरीले १६ वर्षअघिको जर्बस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन,भरतपुर महानगरपालिका–८ गौरीगंज बस्ने वर्ष ५८ का अमरेश कडेल    रहेका छन्।

प्रहरीका अनुसार वि.स. २०६४ साल पुस ५ गते साँझ साढे नौ बजेको समयमा मादक पदार्थ सेवन गरी ललितपुर ठैव गाविस–८ लिन्टीकल सेन्टर प्रालिको क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेका थिए।

सो सम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतबाट प्रतिवादी अर्जुन कार्की समेतलाई जबर्जस्ती करणीमा पाँच वर्ष र सामूहिक करणीमा पाँच वर्ष गरी १० वर्ष कैद सजाय भएको थियो।

सोही समयदेखि भागी फरार रहेका कडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले भरतपुरबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट कैद भुक्तानको लागि आजै कारागार कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .