ad ad

समाज


गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १७:५४, काठमाडौँ

विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले श्रेष्ठसहित तीनजनालाई भ्रष्टाचारी ठहर गरेको हो।

अख्तियारले श्रेष्ठविरुद्ध करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा २०७८ फागुन १५ गते मुद्दा दर्ता गरेको थियो। 

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा श्रेष्ठलाई विशेष अदालतले दोषी ठहर गरेको हो। 

विशेषले भ्रष्टाचार निवारण ऐन अनुसार, ६ महिना कैद हुने फैसला गरेको छ। त्यस्तै ९८ लाख २५ हजार ५ सय रुपैयाँ बिगो र सोही बराबर जरिवाना पनि असुल गर्नुपर्ने ठहर गरेको छ।

अख्तियारले श्रेष्ठविरुद्ध २०७८ फागुन १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले उनीविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको  दाबी गरेको थियो।

नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ रेग्मी नेतृत्वको सरकारमा मन्त्री भएपछि विवादमा पनि परेका थिए। उनी कर्जाको कालो सूचीमा परेको विवाद सार्वजनिक भएको थियो।

शिक्षक पदबाट ०२६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी ०३६ मा शाखा अधिकृत भएका थिए । त्यसपछि विभिन्न मितिमा पदोन्नति हुँदै सचिवबाट ०६४ मा अनिवार्य अवकाश पाएका थिए । ०६९ चैत ६ देखि ०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा पुनःनिर्माण र खेलकुद मन्त्री भएका थिए । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .