सामाजिक सद्भाव बिथोल्न खोजेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–९ का २० वर्षीय सनि शर्मा रहेका छन्।
उनलाई ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।
सामाजिक सद्भाव खल्बल्याउने खालका स्ट्याटस सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको उनीमाथि आरोप छ।
पक्राउ परेका सनिउपर काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
57
Shares
प्रतिक्रिया