ad ad

समाज


सशस्त्र प्रहरी उपरीक्षकहरुको कमाण्ड पूर्वानुमान सूची प्रकाशित

सशस्त्र प्रहरी उपरीक्षकहरुको कमाण्ड पूर्वानुमान सूची प्रकाशित

नेपालखबर
असोज १०, २०८० बुधबार १२:५६, काठमाडौँ

    
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरी उपरीक्षकहरुको पुर्वानुमान सूची प्रकाशित गरेको छ।

सशस्त्र प्रहरी कर्मचारीहरुलाई समान अवसर दिने नीति संगठनले लिए बमोजिम सशस्त्र प्रहरी बल नेपालका गण कमाण्डको लागि ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीसहित जम्मा ६० जना सशस्त्र प्रहरी उपरीक्षकहरुको नामावली प्रकाशित गरिएको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाले केन्द्रीय जेष्ठताको आधार तयार गरी कमाण्डको जिम्मेवारी प्राप्त नगरेका उपरीक्षकहरुको पूर्वानुमान सूची तयार गरेको हुँदा संगठनले तर्जुमा गरेको नीतिलाई सबैले आत्मासाथ गरी प्राप्त जिम्मेवारीलाई इमान्दारीपूर्वक सम्पादन गर्नु सबैको कर्तव्य रहने मुख्यालयको विश्वास छ।

एफपीयु मिशन, अनपोल मिशन, प्रोफेसनल लेभलको यूएन मिशन र १ वर्ष भन्दा बढी अवधिको बिदेश तालिमबाट फिर्ता भएका अधिकृतलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने संगठनको नीति रहेको  डिएसपी थापाले बताए। 

एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका उपरीक्षकहरुलाई पहिलो प्राथमिकता राखि पुर्वानुमान सूची तयार गरिएको हो।

यसैगरी पूरा अवधि कमाण्ड नगरेका उपरीक्षकहरुलाई समेत कमाण्ड गरेको अवधिको आधारमा अवसर पाउने गरी पूर्वानुमान सूची तयार गरिएको हो। 

संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई कार्यान्वयन भए पश्चात लामो समय एउटै दर्जामा बस्नुपर्ने बाध्यता, सरुवा तथा बढुवा बाहिरी भनसुनको व्यवस्था अन्त्य भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .