ad ad

समाज


ज्वरो थाकेर टाप कस्यो, केही हप्ता एकान्त विश्राममै हुन्छु : खगेन्द्र संग्रौला

ज्वरो थाकेर टाप कस्यो, केही हप्ता एकान्त विश्राममै हुन्छु : खगेन्द्र संग्रौला

नेपालखबर
असोज १८, २०८० बिहिबार २०:६, काठमाडौँ

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी गराएका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले रुची, पाचनप्रक्रिया, तागत, निन्द्रा लगायतका सबै कुरामा सुधार भइरहेको बताएका हुन्।

संग्रौला केही हप्तादेखि ज्वरोका कारण सामाजिक सञ्जालबाट पनि निस्क्रिय भएका थिए।

‘अति उग्र भाइरल ज्वरो आफैं थाकेर टाप कस्यो। मेरो रुची, पाचनप्रक्रिया, तागत, निन्द्रा सबै कुरामा सुधार भइराछ,’ संग्रौलाले भनेका छन्, ‘मेरो स्वास्थ्यलाभको कामना गर्ने सबै प्रेमिल जनप्रति मेरो हार्दिक आभार।’

सडक आन्दोलनदेखि विभिन्न कार्यक्रममा दैनिकजसो उपस्थित भइरहने संग्रौलाले अबको केही हप्ता एकान्त विश्राममा बस्ने बताएका छन्।

‘अब एकाध हप्ता म एकान्त विश्राममा बस्छु। अनि सबै मित्रसँग पूर्ववत् भेटघाट, संगत र आदान–प्रदान हुने नै छ,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .