ad ad

समाज


पश्चिमबाट क्रमशः हट्दै मनसुन, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रबाट पनि बाहिरियो

पश्चिमबाट क्रमशः हट्दै मनसुन, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रबाट पनि बाहिरियो

फाइल फाेटाे


नेपालखबर
असोज २१, २०८० आइतबार १८:५६, काठमाडौँ

कर्णाली प्रदेशका अधिकांश स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रबाट पनि मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसअघि असोज १९ गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पश्चिमी भेगबाट मनसुन बाहिरिइसकेको छ। 

मौसम महाशाखाले आज साँझ ६ बजे शविशेष मौसम बुलेटिन–७’ जारी गरी थप स्थानबाट पनि मनसुन हटेको जानकारी दिएको हो।  

बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन आज मिति २०८० असोज २१ गते (८ अक्टोबर, २०२३) का दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिम भूभागबाट पनि बाहिरिएको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभागबाट भने मनसुन मिति असोज १९ गते (६अक्टोबर, २०२३ ) नै बाहिरिएको थियो।’

अब मनसुन कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशका पूर्वी भाग, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा बाँकी छ। 

पूर्वबाट प्रवेश गरी देशभर फैलिएको मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वैबाट बाहिरिन्छ। 

यस वर्ष मनसुन नेपाल भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो। 

मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।

यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ। 

माैसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।

डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।

हेर्नुहोस् मनसुन बाहिरिएको सम्बन्धी विशेष बुलेटिन-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .