ad ad

कारोबार


टाटा मोटर्सले ल्यायो ‘बडा दसैँ बडा अफर’

टाटा मोटर्सले ल्यायो ‘बडा दसैँ बडा अफर’

नेपालखबर
असोज २१, २०८० आइतबार १९:०, काठमाडौँ

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले विजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई ‘टाटा मोटर्स बडा दसैँ बडा अफर’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन्।

यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु प्राप्त गर्न सक्नेछन्।

यसका साथै टाटा इभी गाडीहरुमा पनि आकर्षक अफरहरु रहेको कम्पनीले जनाएको छ। इभी तथा आइस रेञ्जका अफरहरु तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्सका शोरुमहरुमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

बडा दसैँको शुभ अवसरमा ग्राहकले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेञ्जका गाडीहरु अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

यस उपहार योजनामा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन पनि सिप्रदी ट्रेडिङ प्रालिले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .