ad ad

समाज


पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जना काठमाडौंबाट पक्राउ

पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जना काठमाडौंबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८० सोमबार १२:२२, काठमाडौँ

ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। 

सोमबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट पनि जोखिम हुने भएका कारण उनीहरुलाई पक्राउ गरिएको एसपी ढुंगेलले जानकारी दिए। 

अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .