धादिङका एक भलिबल खेलाडी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
गंगाजमुना गाउँपालिका–४ गुम्दीका स्थायी वासिन्दा समेत रहेका मनोजकुमार श्रेष्ठ सिद्धलेक गाउँपालिका(३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार अहिले शव परिवारलाई जिम्मा लगाउने प्रक्रिया सुरु भएको छ।
‘हामीले खबर पाउनेबित्तिकै इन्स्पेक्टर साबसहितको टोली त्यहाँ पठाएका छौं,’ जैसवालले नेपालखबरसँग भने, ‘हाम्रो टोली पुगेर थप अनुसन्धान गरिरहेको छ।’
उनी बुधबार मात्रै धादिङकै नलाङ भन्ने ठाउँमा आयोजित भलिबल प्रतियोगितामा सहभागी भएका थिए। उनी नेतृत्वको टोलीले खेल पनि जितेको थियो।
उनको मृत्युको कारण भने नखुलेको प्रहरीले बताएको छ।
687
Shares
प्रतिक्रिया