ad ad

समाज


बझाङमा सेती नदीले बगाउँदा एकजना बेपत्ता

बझाङमा सेती नदीले बगाउँदा एकजना बेपत्ता

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०८० आइतबार ५:४७, बझाङ

बझाङको मष्टामा सेती नदीले बगाउँदा एकजना बेपत्ता भएका छन्।

मष्टा गाउँपालिका - ४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत  शनिबार दिउँसो सेतीमा बेपत्ता भएका हुन्।

गाईबस्तु गोठालो गएको बेला सेती नदीमा गाईको बाछो तार्ने क्रममा कठायतलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शनिबार साँझसम्म खोजी गर्दा पनि कठायतलाई फेला पार्न नसकिएको बझाङका प्रहरी प्रमुख तथा डीएसी भरत शाहले जानकारी दिए। आइतबार पनि बिहानैदेखि उनको खोजी सुरु गरिने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .