काभ्रे प्रहरीले तोकिएभन्दा बढी भार बोक्ने १२ वटा टिपरलाई कारबाही गरेको छ।
बढी भार नबोक्न सम्झाइ बुझाइ गर्दासमेत नमान्ने टिपर चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
तोकिए भन्दा धेरै गिटी, बालुवा, ढुंगा, माटो जस्ता बस्तु बोकेर बीपी र अरनिको राजमार्गमा गुड्ने १२ वटा टिपरलाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बीपी र अरनिको राजमार्गमा दैनिक ८० वटासम्म टिपर गुड्ने गरेका छन्। अधिकांश टिपरले बढी भार बोक्ने गरेका प्रहरीले जनाएको छ। बढी भार भएको बस्तु झारेर ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ।
24
Shares
प्रतिक्रिया