ad ad

समाज


निषेधित तथा म्याद गुज्रिएका औषधीसहित सुनसरीबाट ४ जना  पक्राउ

निषेधित तथा म्याद गुज्रिएका औषधीसहित सुनसरीबाट ४ जना  पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८० बुधबार १२:७, सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जारबाट प्रहरीले निषेधित तथा म्याद गुज्रिएका औषधी बिक्री गर्ने २ सहित ४ जनालाई पक्राउ गरेको छ।

सुभेक्षा मेडिकलबाट म्याद गुज्रिएको औषधी बिक्री भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय विनय चौधरी, उनकी २१ वर्षीया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ वर्षीय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ वर्षीय विधान राईलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट प्रहरीले निषेधित र म्याद गुज्रिएका विभिन्न औषधि बरामद गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .