ad ad

समाज


काठमाडौँको गोठाटारमा गोली चल्यो, एक घाइते

काठमाडौँको गोठाटारमा गोली चल्यो, एक घाइते

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १३:३६, काठमाडौँ

काठमाडौँको गोठाटारमा प्रहरीले गोलि चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ। 

लागूऔषध तथा पेस्तोलसहित रहेका भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसपी रबिन्द्र रेग्मीले बताए।

करिमको दाहिने दिघ्रामा गोलि लागेको छ। उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ। करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल बरामद गरेको छ। 

यस्तै उनको साथबाट दुई सय ग्राम लागूऔषध ब्राउनसुगर पनि बरामद भएको एसपी रेग्मीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .