ad ad

समाज


नेपाल प्रहरीका १२८ प्राविधिक पदमा नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीका १२८ प्राविधिक पदमा नयाँ भर्ना खुल्यो

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ९:५१, काठमाडौँ

नेपाल प्रहरीको प्राविधिक समूह तर्फ विभिन्न पदमा गरेर १२८ जनाको लागि नयाँ भर्ना खुलेको छ।

नेपाल प्रहरीको सञ्चार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, हातहतियार मर्मत शाखा, नेपाल प्रहरी अस्पताल लगायतका क्षेत्रमा प्राविधिक पदका लागि नयाँ भर्ना खुलेको प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना मार्फत् जानकारी दिएको छ।

सञ्चार निर्देशनालय तर्फ प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि नयाँ भर्ना खुलेको छ।

यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी १६ जना भर्नाको लागि दरखास्त आह्वान गरिएको छ। 

भौतिक पूर्वाधार निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे, स्यानेटरी र सिभिलतर्फ ८ जनाको लागि नयाँ भर्ना खुलेको छ।

त्यसैगरी प्रहरी अस्पताल तर्फ मेडिकल अफिसर, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फिजियोथेरापी, फार्मेसी असिस्टेन्टसहित ६१ जनाको लागि भर्ना खुलेको छ। 

योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म निवेदन निद सक्नेछन्। 

प्रहरी निरीक्षक वा सोसरहको पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

हेर्नुहाेस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .