ad ad

समाज


प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌काे बैठक

प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌काे बैठक

नेपालखबर
कात्तिक १९, २०८० आइतबार ८:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक आह्वान गरेका छन्। 

बैठकमा सहभागिताको लागि उपप्रधानमन्त्रीहरु, सबै मन्त्रालयका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायतलाई खबर गरिएको छ। 

आज आइतबार बिहान ९ : ३० मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बस्ने उक्त बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .