ad ad

समाज


पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ९:२९, काठमाडौँ

ललितपुरको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै उपचार सेवा ठप्प पारेर आन्दोलन सुरु गरेका छन्।

शनिबार अस्पतालमा मृत्यु भएका दुई बिरामीका आफन्तले अस्पतालका चित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका आवासीय चिकित्सकसहित सम्पूर्ण स्वास्थ्यकर्मीले अस्पतालको सेवा ठप्प पारेका हुन्।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट एन्टिबायोटिक औषधि दिएको पाँच मिनेटमै मृत्यु भएपछि मृतकका आफन्तले उपारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।

सोही घटनाको विरोधमा पाटन अस्पतालका चिकित्सक र स्वास्थ्कर्मी आन्दोलित भएका हुन्। 

अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्क तथा स्वाथ्यकर्मीको तर्फबाट सोमबार जारी विज्ञप्तिमा कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएसम्म र दोषीलाई पकाउ गरेर कारबाही नभएसम्म आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द गर्ने उल्लेख छ। 

चिकित्सक र स्वास्थ्यकर्मीले उपचारमा संलग्न डाक्टर र नर्सलाई कुटपिट, गालीगलौज, दुव्र्यवहार र ज्यान मार्ने धम्की दिँदै बन्धक बनाइ स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्याएको र प्रशासनले दोषीलाई पक्राउ गरेर कारबाही नगरेको आरोप लगाएका छन्। 

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .