ad ad

समाज


काठमाडौँ महानगरले सडकमा भेटिने पशु चौपायालाई दक्षिणकालीको काञ्जी हाउसमा राख्ने

काठमाडौँ महानगरले सडकमा भेटिने पशु चौपायालाई दक्षिणकालीको काञ्जी हाउसमा राख्ने

नेपालखबर
कात्तिक २२, २०८० बुधबार ९:५०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका छाडा पशु चौपायालाई काञ्जी हाउसमा व्यवस्थापन गर्ने भएको छ।

यही कात्तिक २३ गतेदेखि काठमाडौँ महानगरका सडकमा भेटिने गाई र बाछाहरुलाई संकलन गरेर दक्षिणकाली नगरपालिका ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने व्यवस्था मिलाइएको मेयर बालेन शाहले जानकारी दिएका छन्। 

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन, तिर्खा लागेको बेला पानी पाउँदैनन्। बिरामी पर्दा उपचार पाउँदैनन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ। पशु चौपायालाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’

उनले काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको बताएका छन्। ‘हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा राखेका छौँ। दक्षिणकाली नगरपालिकाको वडा नम्बर ७ सँगको सहकार्यमा पानी, विजुलीलगायतका सुविधा प्रबन्ध गर्दैछौँ,’ उनले भनेका छन्।

काठमाडौँ महानगरपालिकाका कृषि तथा पशुपंक्षी विभागले नगरका छाडा पशु चौपायालाई काञ्जी हाउसमा राख्ने व्यवस्था मिलाएको हो।

स्थानीय स्वायत्त शासन ऐनमा सडकमा छाडा छाडिएका चौपायाको संरक्षण र व्यवस्थापन पालिकाहरूले गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .