अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको आरोपमा एक महिलालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको यही कात्तिक १७ गते बिहान हत्या भएको थियो।
त्यसयता फरार उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौँबाट खटिएको प्रहरीले बुधबार काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ।
246
Shares
प्रतिक्रिया